उपचार गराउन चीन पुगे आशिष
बुधबार, भदौ २५, २०८२Admin User

काठमाडौं। नेपाली फुटबलर आशिष राई खुट्टाको चोट उपचारका लागि चीनको युनान पुगेका छन्।
बुधबार उनी युनानस्थित स्पोर्ट्स ट्रमा स्पेशलाइज्ड अस्पतालमा भर्ना भएका हुन्। त्यहाँ रहँदा उनले पुनःस्थापना (रिहाबिलिटेशन) प्रक्रिया अघि बढाउनेछन्।
राईले काठमाडौंको दशरथ रंगशालामा नेपाल र चीनबीचको युवा फुटबल मैत्रीपूर्ण खेलका क्रममा चोट बोकेका थिए। हाल उनको स्वास्थ्य सुधारका लागि चीनमा विशेषज्ञ चिकित्सकको निगरानीमा उपचार सुरु भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।






-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)



-1762758084543.jpg&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)