एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले स्लाभिया प्राहालाई हराएको छ ।
बुधबार राति भएको समूह एफको खेलमा बार्सिलोनाले स्लाभिया प्राहालाई २–१ गोल अन्तरले हराएको हो ।
खेलको तेस्रो मिनेटमा लियोनल मेस्सीले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए ।
मेस्सीले च्याम्पियन्स लिगमा लगातार १५ सिजन गोल गर्न पहिलो खेलाडी बन्ने कीर्तिमान राख्दा बार्साले संघर्षपूर्ण जित आत्मसाथ गरेको हो ।
अर्तुरो भिडालको पासलाई सदुपयोग गर्दै मेस्सीले गोल गरेका थिए ।
जान बोरिलले ५० औ मिनेटमा घरेलु टोलीका लागि बराबरी गोल फर्काएका थिए ।
५७ औ मिनेटमा पिटर ओलायिन्काको आत्मघाति गोलमा बार्सिलोना २–१ ले अघि बढेको थियो ।

स्पेनिस लिगका शीर्ष स्थानमा उक्लिएको बार्सिलोनाले सबै प्रतियोगितामा लगातार छैटौ जित निकाल्न सफल भएको छ ।
समूह एफबाट शीर्ष स्थानको बार्सिलोनाले ७ अंक जोडेको छ । उसले दोस्रो स्थानको ईन्टर मिलानसंग ३ अंकको अग्रता लिन सफल भएको छ । स्लाभिया १ अंक सहित तालिकाको पुछारमा छ ।