एजेन्सी । एल क्लासिको अन्तर्गत पहिलो लेगको खेलका लागि घोषणा गरिएको डिसेम्बर १८ को नयाँ मिति विवादमा परेको छ ।
स्पेनिस लिग अन्तर्गत बार्सिलोना र रियल मड्रिडबीचको खेल डिसेम्बर १८ मा घोषणा गरिएको थियो । तर घोषित नयाँ मितिमा ला लिगाले असहमती जनाएको छ ।
स्पेनिस फुटबल महासंघले घोषणा गरेको डिसेम्बर १८ को नयाँ मितिमा पहिलो लेगको एल क्लासिको गर्न नसक्ने ला लिगाले जनाएको हो ।
ला लिगाले स्पेनिस फुटबल महासंघको निर्णयविरुद्व न्यायिक उपचार खोज्ने बताएको छ ।
तालिका अनुसार अक्टोबर २६ मा क्याप नाउमा पहिलो लेगको खेल तय थियो । तर राजनीतिक अस्थिरताको कारण देखाउँदै ला लिगाले रियल मड्रिडको मैदानमा पहिलो लेगको खेल सार्न प्रस्ताव गरेको थियो ।
स्पेनिस महासंघ र दुवै क्लब डिफेम्बर १८ मा पहिलो लेग गर्ने बिषयमा सहमती नजिक पुगेका थिए । तर ला लिगाले डिसेम्बर ७ का लागि छलफल गरिरहेको थियो ।
सोही हप्ता रियल मड्रिड र स्प्यानियोल तथा बार्सिलोना र माकोर्लाबीचको खेल तय छ । जुन खेल डिसेम्बर ४ मा खेलिनेछ ।
डिसेम्बर १८ बुधबारको दिन कोपा डेल रेको खेलसंग मिल्न जान्छ । तर कुनै ठुलो खेल नभएका कारणले स्पेनिस महासंघले नयाँ मिति घोषणा गरेको हो ।
तर अधिकतम टिभीमा प्रर्दशन गर्न ला लिगाले बिदाको दिन प्रस्ताव गरेको छ ।