एजेन्सी । युईएफए च्याम्पियन्स लिग फुटबलमा जर्मन क्लब वायर्न म्युनिखले संघर्षपूर्ण जित निकालेको छ ।
समूह चरण अन्तर्गत मंगलबार राति भएको खेलमा वायर्नले ग्रिसको ओलम्पियाकोसलाई ३-२ गोल अन्तरले हराएको छ ।
ओलम्पियाकोसको मैदानमा सुरुवाती एक गोलको अग्रता उल्टाएर वायर्नले जित निकालेको हो ।
वायर्नलाई जित दिलाउन रोबर्टो लेवान्डोस्कीले दुई गोल गरे । कोर्टिन टोलिस्सोको नाममा एक गोल रह्यो ।

ओलम्पियाकोसका लागि युसेफ अल अरबी र गुइल्हेर्मीले एक एक गोल फर्काए ।
ओलम्पियाकोसविरुद्धको जितसँगै समूह 'बी' को वायर्नले शतप्रतिशत जितलाई कायम राखेको छ । वायर्नले ३ खेलमा ९ अंक जोडेको छ । र, वायर्न लिगको शीर्ष स्थानमा छ ।
ओलम्पियाकोस ३ खेलमा १ अंक जोडेर पुछारमा रहेको छ ।
