एजेन्सी । स्पेनिस महारथी क्लब रियल मड्रिडले च्याम्पियन्स लिग फुटबलमा पहिलो जित आत्मसाथ गरेको छ ।
मंगलबार राति भएको खेलमा टर्किस क्लब गलातासारेमाथि १–० को जित निकाल्दै रियलले नयाँ सिजन प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो ।
जितसंगै प्रशिक्षक जिनेदिन जिदानमाथि दबाब कम भएको छ ।
पछिल्लो हप्ता नवप्रवेशी क्लब मालोर्कासंग स्पेनिस लिगमा रियल पराजित भएको थियो ।
टर्किस क्लबसंग पराजित भएको अवस्थामा जिदान बर्खास्तीमा पर्ने केही रिपोर्टहरु सार्वजनीक भएका थिए ।
तर टोनी क्रुसले १८ औ मिनेटमा गोल गर्दै रियल मड्रिडलाई जित दिलाउन सफल रहे ।

यसै सिजन रियल आएका ईडेन हजार्डको प्रहार क्रसबारमा लागेर फर्किएको थियो । सोही कारणले रियलले अग्रता दोब्बर बनाउने मौका चुकाएका थियो ।
समूह एको खेलमा रियल मड्रिडले तीन खेलबाट ४ अंक जोडेको छ र दोस्रो स्थानमा उक्लिएको छ । गलातासारे १ अंक सहित पुछारमा छ ।