काठमाडौं। बागमती गाउँपालिका अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि आश्रम सशक्तीकरण युवा क्लबले हात पारेको छ ।
सोमबार भएको फाइनलमा एकता ब्यान्ड समाजलाई हराउँदै सशक्तीकरणले उपाधि जितेको हो ।
उपाधिसँगै सशक्तीकरणले १ लाख र एकताले ५० हजार नगद प्राप्त गरेको छ ।
प्रतियोगितामा ठाकुर स्पोर्ट्स क्लबले तेश्रो र बसन्त युवा क्लबले चौथो स्थान हासिल गरेको छ । तेस्रो र चौंथो टिमले समान २०/२० हजार प्राप्त गरे ।
बागमती खेलकुद विकास समितिको आयोजना र गाउँपालिकाको आर्थिक सहयोगमा आयोजना भएको प्रतियोगितामा सर्वोकृष्ट खेलाडी मिलन रुम्बा चुनिए ।
यस्तै उत्कृष्ट गोलकिपर विवेक देशार, उत्कृष्ट डिफेन्स अनिल देशार, उत्कृष्ट फरवार्ड आकाश मगर, सर्वाधिक गोलकर्ता राजन स्याङतान र उत्कृष्ट प्रशिक्षक नारायण बहादुर भोम्जन चुनिए ।