एजेन्सी । क्रिस्टियानो रोनाल्डो युभेन्ट्सको प्रर्दशन सुधारोन्मुख रहेको मान्छन् । प्रशिक्षक माउरिजियो सर्रीको नेतृत्वमा युभेन्ट्सले आक्रमक फुटबलमा भिज्ने प्रयास गरिरहेको उनको दाबी छ ।
६० बर्षका सर्री प्रिमियर लिग छाडेर यसै सिजन चेल्सी आएका थिए । उनी युभेन्ट्सलाई आक्रमक फुटबल खेलाउन खोजिरहेका छन् । रोनाल्डो सहितको टिम यसैको सोही आक्रमक फुटबललाई पछ्याउने प्रयासमा छन् ।
युभेन्ट्स आज (मंगलबार) राति च्याम्पियन्स लिग फुटबलमा उत्रदैछ । रुसी क्लब लोकोमोटिभ मस्कोविरुद्व घरेलु मैदानमा उत्रदै गर्दा युभेन्ट्स सोही आक्रमक फुटबललाई पस्किने कोशिश गर्नेछ । साथै समुह डीको अपराजित टिम युभेन्ट्स विजयी यात्रालाई कायम राख्ने लक्ष्यमा हुने छ ।
आजै राति हुने समुह एको खेलमा बेल्जियमको क्लब ब्रुगिसले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई आमन्त्रण गर्नेछ । पीएसजी आफ्ना स्टार खेलाडी नेयमार बिनै मैदान उत्रनेछ । चोटका कारण नेयमार केही हप्ता मैदान बाहिर रहनेछन् । केलियन एम्बाप्पेको आगमनले पीएसजीलाई थोरै राहत दिन सक्छ । सोही समुहको अर्को खेलमा टर्कीस क्लब गलातासारेले स्पेनिस क्लब रियल मड्रिडलाई आतिथ्यता प्रदान गर्नेछ ।
समूह बीको खेलमा ग्रिसको ओलम्पियाकोस र जर्मन क्लब बार्यन म्युनिख तथा प्रिमियर लिग क्लब टोटेनहम र सर्बियाको रेड स्टार बेलग्रेड्सबीच प्रतिस्पर्धा हुनेछ ।
नयाँ सिजन लय पक्रिएको म्यान्चेष्टर सिटीले समूह सीको खेलमा ईटालीको एटलान्टासंग प्रतिस्पर्धा गर्नेछ । प्रिमियर लिगमा शीर्ष स्थानको लिभरपुलमाथि दबाब दिईरहेको सिटीले च्याम्पियन्स लिगमा समेत अपराजित यात्रालाई कायम राख्ने लक्ष्यमा हुनेछ । सोही समुहको अर्को खेलमा युक्रेनको शख्तर डोनेस्क र क्रोएसियाको डायमानो जाग्रेबबीच प्रतिस्पर्धा हुनेछ ।
यस्तै समुह डीको खेलमा एट्लेटिको मड्रिडले जर्मन क्लब बार्यन लिभरकुसनसंग प्रतिस्पर्धा गर्नेछ । मड्रिड क्लब जित सहित शीर्ष स्थानको युभेन्ट्सविरुद्व दबाब बढाउने दाउमा हुनेछ ।