एजेन्सी । सिरि ए क्लब ईन्टर मिलानमा रोमेलु लुकाकुको प्रभाव निरन्तर छ ।
आईतबार मात्र लुकाकुको दुई गोलको सहयोगमा मिलान क्लबले सासुलोलाई ४–३ ले हराएको छ ।
लुकाकुले सिरि ए क्लब मिलानका लागि ८ खेलमा ५ गोल गरेका छन् । उनी यसै सिजन ओल्डट्राफोर्डबाट ईन्टर मिलान आएका हुन् ।
जितसंगै ईन्टरले शीर्ष स्थानको युभेन्ट्समाथि दबाब बढाएको छ ।
एन्टोनी कोन्टे नेतृत्वको ईन्टर शीर्ष स्थानको युभेन्ट्स भन्दा मात्र एक अंकले पछाडी छ ।

मिलान क्लबको जितमा लुकाकु र मार्टिनेजले समान दुई–दुई गोल गरेका थिए ।
सासुलोका लागि बेर्डी, फिलिप ज्युरिक र जेरेमी बोगले समान एक एक गोल गरे ।

तालिकाको दोस्रो स्थानको ईन्टरको ८ खेलबाट २१ अंक छ ।
सासुलो ६ अंक सहित रेलिगेशन जोन भन्दा मात्र एक स्थान माथि छ ।