एजेन्सी । लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले म्यानचेष्टर युनाईटेड सधै आफुविरुद्व रक्षात्मक खेल्ने गरेको बताएका छन् ।
उनले ओल्डट्राफोर्डमा युनाईटेड सधै आफुविरुद्व रक्षात्मक खेल्ने गरेको तथ्यगत रहेको बताएका हुन् ।
प्रिमियर लिग फुटबलमा आईतबार भएको खेलमा लिभरपुलले युनाईटेडसंग १–१ गोलको बराबरी खेलेको थियो । लिभरपुललाई खेलमा फर्कन अन्तिममा एडम लालनाको गोल आवश्यक परेको थियो ।
युनाईटेड आफै रेलिगेशन जोनभन्दा २ अंकलले मात्र माथि छ ।

क्लोप युनाईटेडको घरेलु मैदानमा पछिल्ला पाँच पटक आतिथ्यता लिदाँ एक मात्र जित समेत निकाल्न असफल छ ।
'यो बर्ष, गत बर्ष, त्यो भन्दा अगाडी, सधै उनीहरु रक्षात्मक रहे ।' उनले भने ।
'ठिक छ । तर यो आलोचना हैन । तर यो तथ्य हो ।' क्लाेप भन्छन् ।
'जब तिमी युनाईटेडविरुद्व लिभरपुलको बिषयमा सोच्छौ । तिमी दुवै टिम यसो गरिरहेको सोच्छौ । तर यो हैन । हामी कोशिश गरिरहेका हुन्छौ ।' क्लोपले भने ।

पछिल्लो नतिजाले लिभरपुललाई १७ खेलसम्म अपराजित राख्न सफल भएको छ । म्यान्चेष्टर सिटीले लगातार १८ खेलको कीर्तिमानी जितको रेडर्क प्रिमियर लिगमा राखेको छ ।
एनफिल्ड क्लब अझै प्रिमियर लिगको शीर्ष स्थानमा कायम छ । तर उसको म्यान्चेष्टर सिटीसंगको दुरी ६ अंकमा घटेको छ ।