काठमाडौं । नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्द रहेको पर्सिजा जकार्ताले इन्डोनेसियन लिग वानमा साँघुरो जित निकालेको छ ।
आइतबार भएको खेलमा जकार्ताले पिएसएम माकासरलाई १-० गोल अन्तरले पराजित गरेको हो । जकार्ताको जितमा मार्को सिमिकले ८५ औं मिनेटमा निर्णायक गोल गरे ।
माकासरविरुद्धको खेलमा रोहितले पुरै ९० मिनेट मैदानमा बिताएका थिए ।
जितसँगै साविकको विजेता समेत रहेको जकार्ताले २१ खेलबाट २३ अंक जोडेको छ । जकार्ता लिगको १३ औं स्थानमा छ ।
पराजित पिएसएम ३० अंक जोडेर नवौं स्थानमा छ ।