काठमाडौं । आश्रम सशक्तीकरण युवा क्लब र एकता ब्यान्ड समाज अध्यक्ष कप बागमती गाउँपालिका खुला फुटबल प्रतियोगितामा आइतबार फाइनलमा प्रवेश गरेका छन् ।
बागमती गाउँपालिका खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगिताको सेमिफाइनलमा आश्रमले बसन्त युवा क्लबलाई ५–१ गोलले पराजित गर्यो ।
विजयी टिमका लागि सुशिल पोखरेलले ह्याट्रिक गरे भने विकेश देसार र दीपेन्द्र लामाले १–१ गोल गरे । बसन्तका राजेश लोप्चनले सान्त्वना गोल गरे ।
अर्को सेमिफाइनलमा एकताले बकैया ठाकुर स्पोर्ट्स क्लबलाई २–० गोलले हरायो । एकताका राजन स्याङतान र आकाश लामाले गोल गरे । फाइनलमा सोमबार हुने छ ।
विजेताले १ लाख र उपविजेताले ४० हजार नगद पुरस्कार पाउने छन् ।