एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा आज (आइतबार) दुई ठूला क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।
आइतबार लिग लिडर लिभरपुल र म्यानचेस्टर युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ । युनाइटेडको मैदानमा हुने खेल नेपाली समय अनुसार ९:१५ मा सुरु हुनेछ ।
ओल्ड ट्राफोर्डमा लिभरपुल युनाइटेडलाई हराउँदै शीर्ष स्थानको अग्रता फराकिलो बनाउन चाहन्छ । यस्तै आफ्नो अपराजित यात्रा कायम राख्न चाहन्छ ।
लिभरपुल ८ खेलमा अपराजित रहेको छ । लिभरपुलले ८ खेलमा २४ अंक जोडेको छ ।
यता, लयमा फर्कन संघर्ष गरिरहेको युनाइटेड लिभरपुललाई घरेलु मैदानमा स्तब्ध बनाउन चाहन्छ । लिभरपुलविरुद्ध मैदान उत्रदा युनाइटेड लिगमा तेस्रो जितको खोजीमा हुनेछ ।
८ खेलमा मात्र ९ अंक जोडेको युनाइटेड लिगको १४ औं स्थानमा छ । तर, घरेलु मैदानमा लिभरपुललाई स्तब्ध बनाएर अंक तालिका सुधार गर्न चाहन्छ ।