एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा नापोलीले सहज जित निकालेको छ ।
शनिबार राति भएको खेलमा नापोलीले भेरोनालाई २-० गोल अन्तरले पराजित गरेको छ ।
घरेलु मैदानमा नापोलीलाई जित दिलाउन एरिक मिलिकले दुई गोल गरे ।
खेलको ३७ औं मिनेटमा मिलिकले गोल गर्दै नापोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ६७ औं मिनेटमा मिलिकले व्यक्तिगत दोस्रो गोल गर्दै नापोलीलाई २-० को जित दिलाए ।
जितसँगै नापोली लिगको चौथो स्थानमा उक्लिएको छ । नापोलीले ८ खेलमा १६ अंक जोडेको छ ।
९ अंक जोडेको भेरोना ११ औं स्थानमा रहेको छ ।