एजेन्सी । जर्मन बुन्डेस लिगा फुटबलमा बोरुसिया डर्टमण्डले साँघुरो जित निकालेको छ ।
शनिबार राति भएको खेलमा डर्टमण्डले शीर्ष स्थानको बोरुसिया मोन्चेनग्लाडवाचलाई १-० गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा डर्टमण्डका लागि मार्को रिउसले निर्णायक गोल गरे । खेलको ५८ औं मिनेटमा रिउसले गोल गरेका थिए ।
जितसँगै चौंथो स्थानको डर्टमण्डले ८ खेलबाट १५ अंक जोडेको छ । पराजित मोन्चेनग्लाडवाच १६ अंक जोडेर लिगको शीर्ष स्थानमा छ ।