एजेन्सी । स्पेनिस लिगमा रियल मड्रिडले स्तब्धपुर्ण नतिजा आत्मसाथ गरेको छ ।
शनिबार राति भएको खेलमा रियल नवप्रवेशी क्लब मार्लोकासंग १–० ले पराजित भएको हो ।
खेलको सातौ मिनेटमा लाजो जुनियरले गरेको गोल रियललाई स्तब्ध पार्न पर्याप्त रह्यो ।
७४ औ मिनेटमा ओड्रिजोला रातो कार्ड खादै मैदान बाहिरिएपछि रियल १० खेलाडीमा सिमित बनेको थियो ।
रियलको यो सिजनको पहिलो हार हो ।
जितपछि रियलले शीर्ष स्थानको अग्रतालाई गुमाउन पुगेको छ ।
शनिबारको खेलमा जित निकाल्दै बार्सिलोनाले तालिकाको शीर्ष स्थान कब्जा गरेको छ ।
रियल १८ अंक सहित तालिकाको दोस्रो स्थानमा छ । शीर्ष स्थानको बार्सिलोनाले रियलसंग एक अंकको अग्रता लिएको छ ।
जितअघि मार्लोका रेलिगेशन जोनमा रहेको छ । क्लब १० अंक जोड्दै तालिकाको १४ औ स्थानमा छ ।