एजेन्सी । लेष्टर सिटी इन्ग्लिश प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ ।
शनिबार राति भएको खेलमा बर्नलीलाई २-१ गोल अन्तरले हराउँदै लेष्टर दोस्रो स्थानमा उक्लिएको हो ।
घरेलु मैदानमा लेष्टरलाई जित दिलाउन जेमी भर्डी र युरी टेलिमान्सले एक एक गोल गरे । बर्नलीका क्रिस वुडले एक गोल गरे ।
लेष्टरले सुरुवाती अग्रता उल्टाएर जित निकालेको हो ।
खेलको २६ औं मिनेटमा वुडले गोल गर्दै बर्नलीलाई अग्रता दिलाएका थिए । तर, खेलको ४५ औं मिनेटमा भर्डीले गोल गर्दै लेष्टरलाई खेलमा फर्काए ।
त्यसपछि खेलको ७४ औं मिनेटमा टेलिमान्सले गोल गर्दै लेष्टरलाई २-१ को जित दिलाए ।

जितसँगै लेष्टरले ९ खेलबाट १७ अंक जोडेको छ । लेष्टर शीर्ष स्थानको लिभरपुल भन्दा ७ अंकले पछि छ । बर्नली १२ अंक जोडेर आठौं स्थानमा छ ।
लिग अन्तर्गत अर्को खेलमा टोटेनहमले वाट्फोर्डसँग १-१ गोलको बराबरी खेल्दै अंक बाडेको छ ।
डेली अलीले गोल गरेपछि टोटेनहम हारबाट जोगिएको हो । यसअघि अब्डोउलाय डोउकोरेले गोल गर्दै वाट्फोर्डलाई अग्रता दिलाएका थिए ।