एजेन्सी । जर्मन बुन्डेस लिगा फुटबलमा साविक बिजेता वायर्न म्युनिख बराबरीमा रोकिएको छ । शनिबार भएको खेलमा वायर्न अग्सवर्गसँग २-२ गोलको बराबरीमा रोकिएको हो ।
अग्सवर्गको मैदानमा अन्तिम केहि मिनेट सम्हालिन नसक्दा वायर्न बराबरीमा रोकिएको हो ।
खेलको पहिलो मिनेटमा मारको रिट्चरले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । तर, खेलको १४ औं मिनेटमा रोबर्टो लेवान्डोस्कीले गोल गर्दै वायर्नलाई खेलमा फर्काए ।
खेलको ४९ औं मिनेटमा सेर्गी गन्ब्रेले गोल गर्दै वायर्नलाई २-१ को अग्रता दिलाए । तर, खेलको इन्जुरी समयमा अल्फ्रेड फिन्बोगासनले गोल गर्दै अग्सवर्गलाई हारबाट जोगाए ।
यो बराबरीसँगै वायर्नले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । तेस्रो स्थानको वायर्नले ८ खेलमा १५ अंक जोडेको छ । ६ अंक जोडेको अग्सवर्ग १५ औं स्थानमा छ ।