एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा एभर्टनले सहज जित निकालेको छ । शनिबार भएको खेलमा एभर्टनले वेष्ट ह्याम युनाइटेडलाई २-० ले हराएको छ ।
घरेलु मैदानमा एभर्टनलाई जित दिलाउन बेर्नार्ड र गिल्फी सिगुर्डसनले एक एक गोल गरे । वेष्ट ह्यामविरुद्ध एभर्टनले दुवै हाफमा एक एक गोल गरेको थियो ।
गोडिसन पार्कमा खेलको १७ औं मिनेटमा बेर्नार्डले गोल गर्दै एभर्टनलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ९० औं मिनेटमा सिगुर्डसनले गोल गर्दै एभर्टनलाई सहज जित दिलाए ।
जितसँगै एभर्टनले ९ खेलबाट १० अंक जोडेको छ । एभर्टन लिगको १२ औं स्थानमा छ । वेष्ट ह्याम १२ अंक जोडेर दशौँ स्थानमा छ ।