एजेन्सी । बार्सिलोनालाई स्पेनिस लिगको शीर्ष स्थानमा उक्लिने मौका छ । तर त्यसका लागि उसले शनिबार हुने खेलमा ईबरमाथि जित निकाल्नुपर्नेछ ।
खेल अपरान्ह ५ बजे सुरु हुनेछ ।
अवे मैदानमा निस्कने जितले बार्सिलोनालाई कम्तिमा ९ घण्टा तालिकाको शीर्ष स्थानमा कायम राख्ने छ ।
बाँकी कुरा रातिनै रियल मड्रिड र नवप्रवेशी क्लब मार्लोकाबीचको नतिजाले तय गर्नेछ ।
रियल र मार्लोकाबीचको खेल राति पौने १ बजे सुरु हुनेछ ।
बार्सिलोना १६ अंक सहित तालिकको तेस्रो स्थानमा छ । शीर्ष स्थानको रियल मड्रिडले बार्सिलोनासंग २ अंकको अग्रता लिएको छ ।
चौथो स्थानको एट्लेटिको मड्रिडले १५ अंक सहित दुृवै टिमलाई पछ्याईरहेको छ । एट्लेटिको मड्रिडले समेत आजै राति भ्यालेन्सियासंग खेल्दैछ ।
एट्लेटिको र भ्यालेन्सियाबीचको खेल राति पौने ८ बजे सुरु हुनेछ ।