एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा आज (शनिबार) विभिन्न आठ खेल हुँदैछ । लिगमा शनिबार म्यानचेस्टर सिटी, चेल्सी, टोटेनहम, लेष्टर सिटी लगायतका क्लबले प्रतिस्पर्धा गर्दैछन् ।
साविकको विजेता सिटीले क्रिष्टल प्यालेससँग उसैको मैदानमा खेल्नेछ । क्रिष्टलविरुद्ध मैदान उत्रदा सिटी सहज जितको खोजीमा हुनेछ ।
सिटी क्रिष्टललाई हराउँदै शीर्ष टोली लिभरपुलसँगको अंक दुरी घटाउन चाहन्छ । सिटीले ८ खेलमा १६ अंक जोडेको छ । लिभरपुलको २४ अंक रहेको छ ।
क्रिष्टल १४ अंक जोडेर छैटौं स्थानमा छ । क्रिष्टल घरेलु मैदानमा सिटीलाई हराउँदै अंक तालिका सुधार गर्न चाहन्छ ।
यस्तै चेल्सीले घरेलु मैदानमा न्युकासल युनाइटेडको सामना गर्नेछ । चेल्सी घरेलु मैदानमा जित निकाल्दै शीर्ष तीनमा पर्न चाहन्छ । ८ खेलमा १४ अंक जोडेको चेल्सी पाँचौं स्थानमा रहेको छ ।
टोटेनहमले घरेलु मैदानमा वाट्फोर्डसँग खेल्नेछ । यस्तै एभर्टनले घरेलु मैदानमा वेष्ट ह्यामसँग खेल्नेछ ।
लिग अन्तर्गत अन्य खेलमा बर्नेमाउथले नर्विच, एस्टन भिल्लाले ब्राइटन र वुल्भ्सले साउथह्याम्पटनसँग खेल्नेछ ।