एजेन्सी । इन्ग्लिश क्लब लिभरपुलका डिफेन्डर जोल माटिपले क्लबसँग नयाँ सम्झौता गरेका छन् ।
क्यामरुनका डिफेन्डर माटिपले लिभरपुलसँग सन् २०२४ सम्म क्लबमा रहने गरि नयाँ सम्झौता गरेका छन् ।
'लामो समयको लागि क्लबको एक हिस्सा बन्द महान अनुभव भईरहेको छ,' नयाँ सम्झौतापछि माटिपले भने ।
शाल्केबाट सन् २०१६ मा क्लब आएका उनले लिभरपुलबाट च्याम्पियन्स लिग जितेका छन् ।
यस सिजन माटिपले ९ खेलमा २ गोल गरेका छन् ।