• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटसल
  • गृहपृष्ठ
  • फुटसल
राष्ट्रिय फुटसल टिमको कप्तानमा विजय
नमीन ढकाल
शुक्रबार, कात्तिक १, २०७६ नमीन ढकाल
राष्ट्रिय फुटसल टिमको कप्तानमा विजय
राष्ट्रिय फुटसल टिमका कप्तान विजय गुरुङ फोटो : रमेश सुवेदी, खेलपाटी

काठमाडौं । पूर्व राष्ट्रिय फुटबल खेलाडी विजय गुरुङले राष्ट्रिय फुटसल टिमको कप्तानी गर्ने भएका छन् ।

इरानमा आयोजना हुने एएफसी फुटसल च्याम्पियनसिप छनोट अघि अखिल नेपाल फुटबल संघ (एन्फा) ले विजयलाई कप्तानको जिम्मेवारी दिएको हो ।

अब विजयले कात्तिक ६ गतेबाट इरानमा सुरु हुने फुटसल छनोटमा नेपाली टोलीको नेतृत्व गर्ने छन् ।

नेपाली टिमका मुख्य प्रशिक्षक विष्णु गुरुङले टिमको कप्तानी विजयलाई सुम्पिएको खेलपाटीलाई बताए । इरान जाने फुटसल टिमको विदाईमा समेत विजयलाई राष्ट्रिय झन्डा हस्तान्तरण गरिएको थियो ।

लामो समय फुटबलमा बिताएका विजयले पहिलो पटक फुटसल टिमको नेतृत्व गर्ने लागेका हुन् । तर, पछिल्लो समय उनि फुटबल टिम बाहिर रहदै आएका थिए ।

आफ्नो कप्तानीमा पहिलो पटक खेल्न लागेका विजयले टिमको तयारी राम्रो भएको र खेलाडीले मेहेनेत गरेको कारण इरानमा राम्रो नतिजा दिने बताए ।

‘मेहनत गरेका छौं । तयारी पनि राम्रो भएको छ । टिमको लागि सक्दो राम्रो नतिजा दिन्छौं । आशा छ, राम्रो नतिजा आउने छ,’ कप्तान विजयले भने ।

यस्तै कप्तान विजयले विदाई कार्यक्रममा खेलाडीको हितमा काम गरिदिन एन्फालाई आग्रह गरे । धेरै फुटसल खेलाडी विदेशिन बाध्य भएको बताउँदै विजयले त्यसको समाधान गर्न आग्रह गरे ।

‘आज मलाई खेलाडीको हितमा बोल्न मन लागेको छ । यहाँ फुटसलको केहि छैन । यसमा कसरी राम्रो गर्न सकिन्छ, त्यसतर्फ ध्यान दिनुहोला । यी भाईहरु पहिला पनि देशका लागि खेले, ४–५ जना बीचमा हराए, अबका दिन यस्तो नआओस् । बाहिरी कुरा सोच्न नपरोस्,' विजयले भने, 'देशमै खेलेर खान सकुन् । जसले गर्दा पछिल्ला दिनमा राम्रो नतिजा आउनेछ ।’

सेन्टर तथा साउथ जोनमा रहेको नेपाल समूह 'ए’ मा रहेको छ । नेपालको समूहमा ताजकिस्तान, उज्वेकिस्तान र अफगानिस्तान रहेका छन् ।

नेपालले ताजकिस्तानसँग कात्तिक ६ गते पहिलो खेल खेल्नेछ । यस्तै नेपालले दोस्रो खेलमा उज्वेकिस्तानसँग कात्तिक ७ गते खेल्नेछ । अन्तिम खेलमा ८ गते अफगानिस्तानको सामना गर्नेछ ।

छनोटको शीर्ष टिम फाइनल चरणमा छनोट हुनेछन् । फाइनल चरणको खेल भने फेब्रुवरी २७ देखि मार्च ८ गतेसम्म तुर्कमेनिस्तानमा आयोजना हुनेछ ।

यो पनि

बदलिएका विजय !

राष्ट्रिय फुटसल टिमको विदाई

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
फुटसल भोलिदेखि
फुटसल भोलिदेखि
एन्फाले पहिलोपल्ट महिला फुटसल च्याम्पियनसिप आयोजना गर्ने
एन्फाले पहिलोपल्ट महिला फुटसल च्याम्पियनसिप आयोजना गर्ने
नखिपोट र संकटालाई फुटसल उपाधि
नखिपोट र संकटालाई फुटसल उपाधि
फुटसल लिगमा हरिसिद्धि च्याम्पियन
फुटसल लिगमा हरिसिद्धि च्याम्पियन
एमआरआर फुटसलको पहिलो खेलमा काठमाडौं र झापा भिड्ने
एमआरआर फुटसलको पहिलो खेलमा काठमाडौं र झापा भिड्ने
गुरुकुलम स्कुलले फुटसल प्रतियोगिता आयोजना गर्दै
गुरुकुलम स्कुलले फुटसल प्रतियोगिता आयोजना गर्दै
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
प्रथम मिस्टर महानगर बडीबल्डिङ च्याम्पियनसिप असार ६ र ७ गते
प्रथम मिस्टर महानगर बडीबल्डिङ च्याम्पियनसिप असार ६ र ७ गते
टेस्टमा परिवर्तन : भारतले ५ दिन खेल्ने, अन्य साना राष्ट्रले ४ दिन
टेस्टमा परिवर्तन : भारतले ५ दिन खेल्ने, अन्य साना राष्ट्रले ४ दिन
एन्फाको फराकिलो जितमा महासचिव किरणको ह्याट्रिक !
एन्फाको फराकिलो जितमा महासचिव किरणको ह्याट्रिक !
इतिहास बनाएको नेपाल
इतिहास बनाएको नेपाल
भिनिसियसको पुतला झुन्ड्याएका एट्लेटिकोका चार समर्थकलाई जेल सजाय
भिनिसियसको पुतला झुन्ड्याएका एट्लेटिकोका चार समर्थकलाई जेल सजाय
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP