एजेन्सी । ला लिगाले एट्लेटिको मड्रिड र भिल्ला रियलबीचको कहल अमेरिकाको मियामीमा खेलाउने तयारी गरेको छ ।
आगामी डिसेम्बरमा तय भएको दुईबीचको खेल मियामीमा खेलाउन ला लिगाले स्पेनिस फुटबल फेडेरेसनसँग अनुमति मागेको छ ।
दुई क्लबले डिसेम्बर ६ मा मियामीमा खेल्न राजी भएपछि ला लिगाले फेडेरेसनसँग अनुमति मागेको हो । खेल मियामी डल्फिन्स हार्ड रक स्टेडियममा हुनेछ ।
ला लिगा यसअघि जनवरीमा बार्सिलोना र जिरोनाबीचको खेल मियामीमा गराउन असफल भएको थियो ।
ला लिगाले कम्तिमा एक सिजन एक खेल अमेरिकामा आयोजना गर्न १५ वर्षको सम्झौता गरिसकेको छ ।