• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
डब्लुसीएल – नयाँ अध्यायको थालनी
विश्वास थापा
बिहीबार, असोज ३०, २०७६ विश्वास थापा
डब्लुसीएल – नयाँ अध्यायको थालनी

काठमाडौं । नेपाली महिला क्रिकेटमा बुधबार नयाँ अध्यायको थालनी भएको छ ।

महिला क्रिकेटरले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न थालेको एक दशक बढी समय बित्यो । तर, उनीहरुले घरेलु मैदानमा कहिल्यै गतिलो प्रतियोगिता खेल्ने मौका पाएनन् ।

औपचारिकतामा सिमित केही राष्ट्रिय प्रतियोगितालाई छाडेर महिला क्रिकेट गुमनाम जस्तै रह्यो ।

तर, बुधबार फरक दृष्य देखियो ।

पछिल्लो समय क्रिकेटमा सुरु भएको फ्रेन्चाईज प्रतियोगितामा अब महिला क्रिकेटसंग समेत गाँसिएको छ ।

एक हिसाबले नेपालमा पहिलो पटक महिला फ्रेन्चाईज क्रिकेट लिगको सुरुवात भएको छ ।

वुमन्स च्याम्पियन्स लिग (डब्लुसीएल) नाम दिएर सुरुवात गरिएको प्रतियोगितामा नेपालका ५ शहरलाई फ्रेन्चाईज गरिएको हो ।

देशभरबाट करिब ७५ बढी महिला खेलाडी व्यवसायीक रुपमा प्रतियोगिताको हिस्सा बनेका छन् ।

डब्लुसीएल नेपाली महिला क्रिकेटको एतिहासिक प्रतियोगिता हो । कारण डब्लुसिएल एसियाकै पहिलो महिला फ्रेन्चाईज प्रतियोगिता हो ।

यसअघि अस्ट्रेलिया र इंग्ल्याण्डमा महिला फ्रेन्चाइज हुँदै आएको छ । तर, एसियामा अन्य महिला लिग भए पनि फ्रेन्चाइज भने डब्लुसीएलनै पहिलो हो ।

बुधबार सुरु प्रतियोगिता कार्तिक ७ सम्म चल्नेछ ।

पहिलो संस्करणको लिगमा ललितपुर फाल्कोन्स, पोखरा पल्टन, किट क्याट काठमाडौं, चितवन राइनोज र विराटनगर टाइटन्सले प्रतिस्पर्धा गर्नेछन् ।

पटक पटक प्रतियोगिताको मिति सारिएको थियो । झण्डै ८ महिनापछि प्रतियोगिताले आकार पाएको हो । जसलाई लिएर खेलाडी समेत साह्रै उत्साहित छन् ।

वर्षमा एउटै मात्र प्रतियोगिता खेलेर बस्नुपर्ने वाध्यतालाई डब्लुसीएलले अन्त्य गरिदिएको आयोजकको दाबी छ ।

’क्रिकेटसंग लामो समय यात्रा गर्दा महिला क्रिकेटमा नेपालको उज्जवल भविश्य देखेको थिए ।’ क्विन्स ईभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक छुम्मी लामाले भने, ’अन्तराष्ट्रिय खेलमा नेपालले उपलब्धि हात पार्न नसक्नुको कारण घरेलु संरचना नभएरै हो ।’

पुरुष क्रिकेटले बर्षका तीन वटा राम्रा फ्रेन्चाईज लिग खेल्दा महिलामा कुनै प्रतियोगिता नहुँदा डब्लुसिएल आयोजना गरिएको लामाको दाबी छ ।

’पोखरा प्रिमियर लिगको सफल आयोजना पश्चात अब महिलामा पनि लिग गर्नु पर्छ भनेर हामीले यसको सुरुवात गरेका हौँ ।’ लामाले थपे, ’सुरुवात मात्र गर्न सकेपनि नेपालमा मात्र नभएर एसियाकै एक उदाहरण बन्ने भएकाले फ्रेन्चाइजमा जोड दिएका हौँ ।’

घरेलु प्रतियोगितामा प्रधानमन्त्री कप बाहेक अन्य महिला प्रतियोगिता ठप्पनै छ ।

पीएम कम समेत झरो टार्ने प्रतियोगिता बन्यो ।

प्रतियोगितामा सरकारी बजेट खर्च गरेको देखिन्छ । तर न खेलाडीले तोकिएको पुरस्कार पाउछन्, भद्रगोल ब्यवस्थापन सधैको समस्या रहदै आएको छ ।

बर्षमा एउटा प्रतियोगिता खेलेर महिला टोलीबाट अन्तराष्ट्रिय स्तरमा नतिजाको अपेक्षा गर्नु दिवा सपना जस्तै हो ।
तर महिला क्रिकेटरले सक्दो प्रर्दशन गर्दै आएका छन् ।

क्रिकेट खेल्न सुरु गरेको १२ वर्ष बित्दा समेत नेपालले महिला क्रिकेटमा कुनै ठुलो उपाधि जित्न सकेको छैन । तर अधिकांश प्रतियोगितामा उपविजेता बन्दै आएको छ ।

महिलाको राष्ट्रिय टोलीमा पहिलो पुस्ताका खेलाडीको वर्चस्व छ ।

घरेलु प्रतियोगिता नहुँदा उनीहरुलाई विस्थापित गर्ने खेलाडी उत्पादन भएका छैनन् । अझ महिला क्रिकेटरको अस्तित्व पहिलो पुस्ताका खेलाडीले जोगाउदै आएको देखिन्छ ।

राष्ट्रिय क्रिकेट टिमकी कप्तान रुबिना क्षेत्री खेलाडीको ईच्छालाई डब्लुसीएलले पुरा गरेको बताउँछिन् ।

‘पहिलो दिनमा नै सबै खेलाडीको मुहारमा खुसी छर्लङ देखिन्छ ।’ क्षेत्रिले भनिन्, ’यस्तो लिगले लुकेका प्रतिभा अगाडी आउने गर्छ । खेलाडीले प्रतिस्पर्धात्मक रुपमा खेल्न पाउदा समग्र नेपाल क्रिकेटको स्तरनै माथि उठ्न मद्दत गर्छ ।’

नेपाली क्रिकेट संघ लामो समय अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीको निलम्बनमा रह्यो । अन्तराष्ट्रिय प्रतियोगितामा सहभागीता जनाएपनि घरेलु क्रिकेट गतिविधि शुन्य प्राय रह्यो ।

त्यसको प्रत्यक्ष मारमा महिला क्रिकेट समेत पर्यो ।

तर साढे तीन बर्षको निलम्बन फुकुवासंगै नेपाली क्रिकेटले गति लिने विश्वास गरिएको छ । महिला क्रिकेटले समेत अन्तराष्ट्रिय स्तरमा फड्को मार्ने आश गरिएको छ ।

अब बन्ने घरेलु क्रिकेटको संरचनाले धेरै बिषयको निर्धारण गर्नेछ । घरेलु क्रिकेटमा प्रतिस्पर्धा बढ्दा मात्र अन्तराष्ट्रिय नतिजा कारात्मक आउँनेछ ।

महिला फ्रेन्चाईज प्रतियोगिता डब्लुसिएलले घरेलु क्रिकेटमा राम्रो छाप छाड्न सक्छ ।

कप्तानबाट राजीनामा दिएका पारस खड्काले डब्लुसीएल जस्ता प्रतियोगिताले महिला क्रिकेटले थप उचाई लिने विश्वास ब्यक्त गर्छन् ।

‘प्रतियोगिता खेल्न पाउँदा खेलाडीको मुहारमा खुशीको भाव देखेको छु । महिला खेलाडीले अझ यो भन्दा बढि प्राप्त गर्ने हैसियत राख्छन् ।’ पारसले भने, ’आउँदो दिनमा विदेशी क्रिकेटरको समेत आगमन हुँदै प्रतियोगिता अन्तराष्ट्रिय स्तरको हुनेछ ।’

कुनै समय पुरुष क्रिकेट भन्दा सफल देखिएको महिला क्रिकेटले अवसर पाएमा अन्तराष्ट्रिय जगतमा अझ ठुलो फड्को मार्ने विश्वास पारसको छ ।

नेपालमा महिला क्रिकेटको जग बनाउने काम पुर्व कप्तान एलबी क्षेत्रीले गरे । नेपालमा पहिलो महिला फ्रेन्चाईज लिग सुरुवात हुदाँ सबै भन्दा बढी खुसी उनै क्षेत्री देखिन्छन् ।

’महिला क्रिकेटमा मौका र अवसर भएका कारण चीन, थाईल्याण्ड जस्ता राष्ट्रले पुरुषलाई भन्दा महिला क्रिकेटमा लगानी गर्दै आएका छन् । त्यसैले अब अनुसन्धान गर्ने बानी बसाल्नु पर्छ ।’

पुर्व कप्तान क्षेत्री समेत पुरुष क्रिकेट भन्दा महिला क्रिकेटमा बढी सम्भावना र मौका रहेको भन्दै सरकार र क्यानले महिला क्रिकेटमा लगानी बढाउनुपर्ने बताउँछन् ।

सन् २००७ मा मलेसियामा भएको पहिलो महिला एसीसी प्रतियोगितामा थाईल्याण्डविरुद्ध खेल्दै नेपालले अन्तराष्ट्रिय प्रतियोगितामा डेब्यु गरेको थियो ।

कक्षा ७ मा अध्ययनरत नेरी थापाको नेतृत्वमा नेपालले पहिलो खेलमा ५५ रनको एतिहासिक जित हात पार्न सफल भएको थियो ।
तर, पछिल्लो समय नेपालका लागि अन्तराष्ट्रिय क्रिकेटमा थाईल्याण्डनै मुख्य तगारो बन्दै आएको छ । थाइल्याण्ड अब अस्ट्रेलियामा अर्को बर्ष आयोजना हुने विश्वकपका लागि पहिलो पटक छानिएको छ ।

नेपाल एसिया छनोटमा थाइल्याण्डसग पराजित हुँदै ग्लोबल छनोट पुग्नबाट बन्चित भएको थियो ।

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालले पाकिस्तान र बंगलादेश ‘ए’ सँग टप एन्ड टी–२० सिरिज खेल्ने
नेपालले पाकिस्तान र बंगलादेश ‘ए’ सँग टप एन्ड टी–२० सिरिज खेल्ने
यु–१६ इस्ट जोन कपको फाइनलमा पुग्न नेपाल र मलेसिया भिड्ने
यु–१६ इस्ट जोन कपको फाइनलमा पुग्न नेपाल र मलेसिया भिड्ने
अलराउन्डर वरीयतामा रुविना र पूजाको सुधार, इन्दु खस्किइन्
अलराउन्डर वरीयतामा रुविना र पूजाको सुधार, इन्दु खस्किइन्
टी–२० आई बलिङ वरीयतामा शीर्ष १०० मा नेपालका खेलाडी अटाएनन्
टी–२० आई बलिङ वरीयतामा शीर्ष १०० मा नेपालका खेलाडी अटाएनन्
टी–२० आई ब्याटिङ वरीयताको शीर्ष १०० मा सीता मात्रै
टी–२० आई ब्याटिङ वरीयताको शीर्ष १०० मा सीता मात्रै
समूह चरणमा नेपपालको शतप्रतिशत जित
समूह चरणमा नेपपालको शतप्रतिशत जित
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
शिवाली टेनिस टु युरोपमा
शिवाली टेनिस टु युरोपमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP