काठमाडौं । विश्वकप छनोट खेल्न करिब दुई साता बढी देश बाहिर रहेको राष्ट्रिय फुटबल आज (बिहिबार) स्वदेश फर्कदैछ ।
छनोटको अवे खेल खेल्न अष्ट्रेलिया र जोर्डन पुगेको नेपाली टिम साँझ नेपाल आईपुग्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।
एन्फाको अनुसार नेपाली टिम साँझ साढे ६ बजे नेपाल आईपुग्नेछ ।
एक साता अघि अष्ट्रेलियासंग प्रतिस्पर्धा गरेर नेपाली टिम जोर्डन पुगेको थियो । नेपाली टिमले अष्ट्रेलियासंग ५–० र जोर्डनसंग ३–० को हार ब्यहोरेको थियो ।
अष्ट्रेलिया र जोर्डनसंगै नेपालले विश्वकप छनोटको अवे खेल सम्पन्न गरेको छ ।
नेपालले समुह चरणका बाँकी खेल अब घरेलु मैदान दशरथ रंगशालामा खेलाउनेछ ।
छनोटको पहिलो खेलमा कुवेतसंग ७–० ले हारेको नेपालले चाईनिज ताईपेलाई २–० ले पराजित गरेको थियो ।
छनोटको समूह ुबीु मा रहेको नेपालले ४ खेलमा ३ अंक जोडेको छ । नेपाल समूहको चौंथो स्थानमा छ ।
यस समूहमा ३ खेलमा अपराजित अष्ट्रेलिया ३ खेलमा ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।