काठमाडौं । थोरङ युवा क्लबले अध्यक्ष कप बागमती गाउँपालिका खुला फुटबल प्रतियोगितामा बुधबार विजयी सुरुआत गरेको छ ।
बागमती गाउँपालिका खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगितामा थोरङले उच्च शिखर युवा क्लबलाई १–० गोलले पराजित गर्यो । थोरङको जितमा विनोद लामाले निर्णायक गोल गरे ।
प्रतियोगिताको पूर्व अर्थ राज्यमन्त्री उदयशमशेर राणाले एक कार्यक्रमबीच उद्घाटन गरे ।
नकआउट प्रतियोगितामा २२ टिम सहभागी छन् । विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउने छन् ।
सेमिफाइनलमा पराजित हुने २ टिमलाई समान २०–२० हजार नगदबाट पुरस्कृत गरिने छ । आठदिने प्रतियोगिताका खेलहरु प्युटारस्थित खयरघारीमा भइरहेको छ ।