काठमाडौं । थ्री स्टार क्लबले बंगलादेशमा हुने शेख कमल अन्तराष्ट्रिय फुटबल प्रतियोगिता नखेल्ने भएको छ ।
कात्तिकको पहिलो साता बंगलादेशमा आयोजना हुने प्रतियोगिता थ्री स्टारले नखेल्ने निर्णय गरेको हो ।
बंगलादेशी फुटबल संघको सहकार्यमा अबहानी लिमिटेडले प्रतियोगिता आयोजना गर्दै आएको छ । आयोजकले प्रतियोगिता खेल्न नेपालबाट दुई ए डिभिजन क्लब मनाङ मस्र्याङ्दी र थ्री स्टार क्लबलाई प्रस्ताव गरेको थियो ।
मनाङले आफ्ना अधिकांश खेलाडीले राष्ट्रिय टिममा रहेकाले खेल्न नसक्ने बताएको थियो ।
थ्री स्टारले समेत अन्तिम समयमा आएर प्रतियोगिता नखेल्ने निर्णय गरेको हो ।
क्लबका एक जना पदाधिकारीका अनुसार थ्री स्टारले शेख कमल नखेल्ने निर्णय गरेको छ ।
यसको औपचारिक जानकारी आयोजक, खेलाडी र प्रशिक्षकलाई भईसकेको छ ।
प्रतियोगिता कात्तिक २ देखि २३ गतेसम्म बंगलादेशको चितागोङमा सुरु हुदैछ ।
अघिल्लो बर्ष मनाङले प्रतियोगितामा सहभागिता जनाएको थियो । तर मनाङ सेमिफाईनल भन्दा अघि बढ्न सकेन ।
बंगलादेशी फुटबल संघले थ्री स्टारलाई सिधै प्रतियोगिता खेल्न प्रस्ताव गरेको थियो ।
स्रोतका अनुसार प्रतियोगिताका लागि आयोजक गम्भिर नबन्दा थ्री स्टारले हात झिकेको हो ।
प्रतियोगिताको मिति नजिकिदै गर्दा खेलाडी दर्ता र टिम तयारीका बिषयमा आयोजकले कुनै पत्राचार गरेन । पत्रको कुनै जवाफ समेत फर्काएन । सोही कारण थ्री स्टारले नखेल्ने निर्णय गरेको हो । उनले भने ।