काठमाडौं । महिला फ्रेन्चाईज क्रिकेट लिग वुमेन च्याम्पियन्स लिग (डब्लुसीएल) को उद्घाटन खेलमा क्वाट क्विन्स काठमाडौंले चितवन राईनोजलाई जितका लागि ९३ रनको सामान्य लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा १० विकेट गुमाएर ९२ रन बनायो ।
काठमाडौंका लागि रश्मी चौलागाईले सर्वाधिक ३४ रन बनाईन् । सरस्वती कुमारीले १५ रन जोडिन । कप्तान रुबिना क्षेत्री १ रनमा आउट भईन् ।
चितवनका सन्तोषी चौधरीले ३ विकेट लिईन् । यस्तै रेखा रावल र कविता गौतमले २/२ विकेट लिईन् ।
प्रतियोगिताको विजेताले ७ लाख र उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ ।