एजेन्सी । क्लब र देशका लागि कीर्तिमानी ७ सय गोल पुरा गरेका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले आफुले कहिल्यै कीर्तिमान पछ्याउने काम नगरेको बताएका छन् ।
गत सोमबार मात्र पोर्चुगल र क्लबबाट ७ सय गोल पुरा गरेका उनले सो कुरा बताएका हुन् ।
पोर्चुगलका कप्तान रोनाल्डोले युक्रेनविरुद्व दोस्रो हाफमा पेनाल्टीमा गोल गर्दै ७ सय गोलको कोसेढुङ्गा पार गरेका थिए ।
पोर्चुगलका लागि रोनाल्डोले गोल संख्या ९५ पुर्याएका छन् ।
यद्वपी युरो च्याम्पियन पोर्चुगलको युरोकप छनोटको सो खेल २–१ ले गुमाएको यिो ।
‘जो कोही यो अवस्थामा पुग्न सक्दैन ।’ रोनाल्डोले भनेका छन् ।
‘धन्यवाद मेरा सहकर्मीलाई, टिमका साथीलाई र प्रशिक्षकलाई जसले मलाई म जस्तो खेलाडी हुन सहयोग गरे ।’ उनले थपे ।
‘टिमले जित्न नसक्दा म निराश थिए, तर म टिमप्रति गर्व गर्छु ।’ उनले भने ।

रोनाल्डोले पाँच पटक वालोन डी ओर जितेका छन् ।
उनका प्रतिद्वन्दी लियोनल मेस्सीले ६ सय ७२ गोल गरेका छन् ।
चेक रिपब्लिकका फरवार्ड जोसेफ बिकोनको नाममा ८ सय गोलको कीर्तिमान छ । उनले सन् १९३१ देखि १९५० सम्म सो कीर्तिमान बनाएका थिए ।
‘मैले कति कीर्तिमान बनाए, मलाई नै थाहा छैन ।’ रोनाल्डोले भन्छन् ।
‘म यस क्षणको मज्जा लिन चाहन्छु । म सबैलाई धन्यवाद दिन चाहन्छु, जसले मलाई सहयोग गरे ।’ उनले भने, ‘कीर्तिमान आफै आउछन् । म तिनलाई हेर्न जादैन । कीर्तिमान मलाई हेर्दै आउँछन् । कुनैपनि विमती बिना, ती आफै बन्छन् ।’

रोनाल्डो अब अन्तराष्ट्रिय गोलको कीर्तिमानीतर्फ अघि बढेका छन् । जुन कीर्तिमान अली डेईको नाममा रहेको छ ।
ईरानका पुर्व फरवार्डले १ सय ९ गोल गरेका छन् । उनले १ सय ४९ खेलमा सो कीर्तिमान बनाएका थिए । ३४ बर्षका रोनाल्डोले १ सय ६२ क्यापमा ९५ गोल गरेका छन् ।
रोनाल्डोको कीर्तिमानी ७ सय गोल ९ सय ७६ सिनियर खेलबाट सम्भव भएको हो ।