काठमाडौं । पहिलो महिला फ्रेन्चाईज क्रिकेट लिग वुमेन च्याम्पियन्स लिग (डब्लुसीएल) आज (बुधबार)बाट सुरु भएको छ ।
पहिलो उद्घाटन खेलमा क्वाट क्विन्स काठमाडौं र चितवन राईनोज प्रतिस्पर्धामा उत्रिएका छन् ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा चितवनकी कप्तान ईन्दु वर्माले टस जितेर फिल्डिङ रोेज्ने निर्णय गरेकी छिन् ।
रुविना क्षेत्री नेतृत्वका काठमाडौंले सुरुवाती ब्याटिङ थालेको छ ।
महिला क्रिकेट प्रतियोगिता आयोजना नभईरहेको समय क्विन्स ईभन्ट म्यानेजमेन्टले महिला फ्रेन्चाईज प्रतियोगिता सुरु गरेको हो ।
मुख्य ५ शहरका टिमलाई प्रतियोगितामा फ्रेन्चाईज गरिएको छ ।
प्रतियोगिताको विजेताले ७ लाख र उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ ।