• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
जसले फेरिदिए नेपाली क्रिकेटको नक्सा
विश्वास थापा
मंगलबार, असोज २८, २०७६ विश्वास थापा
जसले फेरिदिए नेपाली क्रिकेटको नक्सा

काठमाडौँ । नेपाली क्रिकेट ईतिहासका सर्वाधिक सफल कप्तान हुन्, पारस । नेपाली क्रिकेटले अन्तराष्ट्रिय जगतमा हात पारेका हरेक सफलताको नेतृत्व कप्तान पारसले गरेका थिए ।

करिब १० बर्ष नेपाली टिमको नेतृत्व गरेका पारसले मंगलबार आश्चार्यजनक रुपमा कप्तानबाट राजीनामा दिए ।

अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीले नेपाल क्रिकेट संघ (क्यान)को निलम्बन सशर्त फुकुवा गरेको २४ घण्टा नबित्दै पारसले कप्तान छाडेको घोषणा गरेका हुन् ।

सन् २००९ मा नेपाली राष्ट्रिय टिमको कप्तानीको जिम्मेवारी पाएका पारसले नेपाली क्रिकेटले नक्सा बदल्ने काम गरे । उनले अन्तराष्ट्रिय जगतमा नेपाली क्रिकेटलाई जबर्जस्त रुपमा स्थापित गरे । तल्लो डिभिजनमा अड्किएको नेपाली क्रिकेटलाई टी–ट्वान्टी विश्वकप हुदै एक दिवसीय हैसियतसम्म पुर्याए । मैदान भित्र टिमको नेतृत्व गर्ने उनको शैलीलाई धेरैले ’क्याप्टेन कुल’ भनेर पुको ।

पारस सफल कप्तान मात्र नभएर पछिल्लो १० बर्ष नेपाली क्रिकेटका मेरुदण्डका रुपमा रहे ।

उनी हजुरबुवाको प्ररणामा क्रिकेटमा लागे । उनले बाल्यकालमा आफु कीर्तिपुरस्थित त्रिवि मैदानमा हजुरबुवासंग क्रिकेट हेर्न जाने गरेको खिस्सा धेरै अन्तरवार्तामा बताउने गरेका छन् ।

उमेर समुह करियर

कक्षा १० सकिने बेला पारस पढ्ने विद्यालयले यू–१५ अन्तर विद्यालय प्रतियोगिता खेलेको थियो । पारस नेतृत्वको टिमले प्रतियोगिताको उपाधिनै हात पार्यो ।

काठमाडौँको क्षेत्रीय छनोटको रुपमा रहेको प्रतियोगितामा राम्रो प्रर्दशन गरेपछि पारस सहित तीन खेलाडी क्षेत्रीय छनोटमा परेका थिए । त्यहीबाट पारसको क्रिकेट करियर सुरु भएको थियो ।

उनले नेपालको यू–१५ हुँदै यू–१७ र यू–१९ टिममा खेल्ने अवसर पाए ।

सन् २००२ मा यू–१५ एसिया कपमा युएईविरुद्व खेल्दै पारसले अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए ।

अर्को बर्ष पारसले यू–१९ टिमबाट प्रतिनिधित्व गरे । त्यो समय कराँचीमा भएको यूथ एसिया कपमा पारसले भारतविरुद्ध खेल्ने मौका पाएका थिए । उनले सन् २००४ को आईसीसी यू–१९ विश्वकपको अनुभब समेत लिए ।

बंगलादेशमा भएको विश्वकप खेलेका पारस सहितको टोलीले टेष्ट राष्ट्र दक्षिण अफ्रिकालाई समेत पराजित गरेको थियो ।

सन् २००५ मा उनी यू–१९ टिमको उपकप्तान भए । उनकै टोलीले २००६ मा श्रीलंकामा भएको आईसीसी यू–१९ विश्वकप प्लेट च्याम्पियनसिपमा सेमिफाइनलमा दक्षिण अफ्रिका र फाइनलमा न्युजिल्याण्डलाई पराजित गर्दै उपाधि जितेको थियो ।

पारसले सन् २००७ मा मलेसियामा भएको एसीसी यू–१९ च्याम्पियनसिपमा उमेर समूहको टोलीको कप्तानी सम्हाल्ने मौका पाएका थिए ।

सोही प्रतियोगिताको उनी उत्कृष्ट खेलाडी घोषित भए । सोही बर्ष उनले एसीसी इमर्जिङ प्लेयर अफ द इयरको अवार्ड हात पारे ।

सन् २००८ को आईसीसी यू–१९ विश्वकपमा पारसले नेपाली टिमको कप्तानी गरेका थिए । सो विश्वकपमा उनको प्रदर्शनबाट प्रभावित हुँदै विश्वकप स्मारिका कार्यक्रममा पारसलाई टेष्ट राष्टको टिममा हुनु पर्ने खेलाडी भन्दै सम्बोधन गरिएको थियो ।

सिनियर करियर

पारसले सन् २००४ मा मलेसियाविरुद्ध आईसीसी इन्टरकन्टिनेन्टल कपबाट सिनियर राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए ।

प्रतियोगितामा नेपालको पहिलो खेल युएईसंग थियो । तर त्यसअघिको अभ्यास खेलमा नेपालले मलेसियासंग खेलेको थियो । जसमा पारसले शतक बनाएका थिए । उनले बलिङतर्फ ६ ओभरमा १९ रन खर्चिएर एक विकेट हात पारेका थिए ।

तर युएईविरुद्धको खेलमा भने पारस दुवै इनिङमा शुन्य रनमा आउट भएका थिए ।

उमेर समूहमा उत्कृष्ट प्रदर्शन गर्दै आएपछि पारसले सन् २००७ मा कुवेतमा भएको एसीसी टि–ट्वान्टी कपमा सिनियर टिमको उपकप्तानीको जिम्मेवारी प्राप्त गरे ।

त्यसको दुई बर्षपछि २००९ मा तत्कालिन कप्तान बिनोद दासलाई बिस्थापित गर्दै पारस राष्ट्रिय टिमको कप्तानकाृे रुपमा उदाए ।

त्यसयता उनी नेपाली क्रिकेटका सर्वाधिक सफल र लोकप्रिय कप्तान रहदै आए ।

उनी कप्तान भए लगत्तै नेपाल सन् २०१० मा घरेलु मैदानमा भएको डिभिजन ५ को च्याम्पियन बन्यो । डिभिजन ५ को कप्तानी मात्र नभएर पारसको अलराउण्ड प्रर्दशनमा नेपालल विस्तारै अन्तराष्ट्रिय क्रिकेटमा फड्को मार्दै गएको हो ।

सन् २०१२ मा मलेसियामा भएको डिभिजन ४ को उपाधि हात पार्दा पारस मुख्य नायक रहे । सोही बर्ष भएको एसिसी ट्रफी इलाइटको उपाधि नेपाललाई जिताउन पारसले शानदार प्रर्दशन गरेका थिए । उनी प्लेयर अफ द सिरिज घोषित भए ।

एसिसी ट्रफी इलाइट ट्रफीमा कुवेतविरुद्ध शतक प्रहार गरेका पारस नेपालका लागि अन्तराष्ट्रिय क्रिकेटमा शतक प्रहार गर्ने छैठौं खेलाडी बने । उनले ७७ बलमा अविजित रहँदै १ सय ६ रन प्रहार गरेका थिए ।

पारसको कप्तानीमा नेपालले सन् २०१३ मा बर्मुडा र सन् २०१४ मा मलेसियामा भएको डिभिजन ३ को उपाधि उचाल्न सफल भएको थियो ।

सन् २०१३ को डिभिजन ३ जितेसंगै नेपालले सन् २०१४ एकदिवसीय विश्वकप छनोटमा सहभागी भयो ।

सन् २०१३ मा पारसको कप्तानीमा नेपाल सन् २०१४ को विश्व टी–ट्वान्टीमा छनोट भयो ।

बंगलादेशमा भएको टी–ट्वान्टी विश्वकपमा सहभागिता जनाउंदै नेपाल इतिहास रच्न सफल भयो ।

हङकङविरुद्ध पहिलो बलमा पारसले विकेट समेत हात पारेका थिए । उनी टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटको डेब्यु खेलमा विकेट हात पार्ने विश्वका आठौँ खेलाडी बने ।

तीन खेलमध्य २ मा जित हात पारेको नेपाल नेट रनरेटको आधारमा अघिल्लो चरण पुग्न त सकेन तर प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको भन्दै अन्तराष्ट्रिय क्रिकेटले खुलेर प्रशंसा गरेको थियो ।

नेपालले अन्तराष्ट्रिय क्रिकेटमा खेलेको त्योनै अहिलेसम्मको ठुलो प्रतियोगिता हो । विश्व क्रिकेटको लोकप्रिय क्रिकेट वेवसाईट क्रिकइन्फोले विश्वकपमा पारसलाई नेपालका कपिल देभ भनेर सम्बोधन समेत गरेको थियो ।

सन् २०१५ को डिभिजन २ मा कप्तान पारसले ६ इनिङमा १ सय ८५ रन बनाउँदै ६ विकेट हात पारेका थिए । सो प्रतियोगिताबाट नेपाल सन् २०१५ देखि २०१७ सम्म हुने आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा छनोट भएको थियो ।

सो प्रतियोगिताको तयारीको रुपमा दक्षिण अफ्रिका पुगेको नेपालका लागि एस्तार्ण इन्भिटेस्नल ११ विरुद्ध पारसले १ सय २३ रनको अविजित पाली खेलेका थिए ।

विश्व क्रिकेट लिग (सन् २००८ देखि २०१५) अन्तर्गत पारसले १ हजार १ सय ५७ रन बनाएका छन् । जसमा ७ अर्धशतक रहेका छन् ।

सन् २०१८ मा पारसको नेतृत्वमा नेपालले पहिलो पटक एक दिवसीय मान्यता प्राप्त गर्यो । जिम्बाबेमा विश्वकप छनोट हुन नसके पनि नेपालले पारसको नेतृत्वमा एतिहासिक एक दिवसीय मान्यता प्राप्त गरेको थियो ।

उनले ब्यक्तिगत रुपमा अन्तराष्ट्रिय क्रिकेट नेपालकोतर्फबाट केही कीर्तिमानहरु समेत बनाउन भ्याए ।

नेपाललाई टी–ट्वान्टी र एक दिवसीय अन्तराष्ट्रिय मान्यता दिलाउने पारस पहिलो कप्तान हुन् ।

पारस नेपालका लागि एक दिवसीय क्रिकेटमा शतक प्रहार गर्ने पहिलो र एकमात्र खेलाडी हुन् । उनले युएईविरुद्धको खेलमा १ सय १५ रन प्रहार गर्दै कीर्तिमान बनाएका थिए ।

यस्तै पारस टी–ट्वान्टी अन्तराष्ट्रियमा शतक प्रहार गर्ने एकमात्र खेलाडी तथा कप्तान हुन् । उनले सिंगापुरविरुद्ध ५२ बलमा १ सय ६ रनको अविजित पाली खेल्दै कीर्तिमान बनाएका छन् । उनले नेपालका लागि सर्वाधिक अर्धशतक प्रहार गर्ने कीर्तिमान समेत बनाएका छन् ।

एक समय डिभिजन ५ मा अड्किएको नेपाली क्रिकेटलाई पारसले टी–ट्वान्टी विश्वकप हुँदै एकदिवसीय मान्यता दिलाउने यात्राको नेतृत्व गरे ।

नेपाली क्रिकेट अन्तराष्ट्रिय निलम्बनमा रहदाँ समेत उनैले कप्तान र अभिभावकको रुपमा नेपाली क्रिकेटलाई टेको दिने काम गरे । नेपाली क्रिकेटले जुन हैसियत आजको दिनमा बनाएको छ, पारस यो विरासतका नायक हुन् ।

अहिलेलाई यत्ति भनौ, उनी जस्तो सफल कप्तान नेपाली क्रिकेटले विरलै भेट्नेछ । 

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पोखराले गर्‍यो कप्तान कुशललाई रिटेन
पोखराले गर्‍यो कप्तान कुशललाई रिटेन
शानदार जित सहित नेपाल सेमिफाइनलमा
शानदार जित सहित नेपाल सेमिफाइनलमा
नेपालको ४२० रनको स्कोर !
नेपालको ४२० रनको स्कोर !
करन सहित ६ खेलाडी रिटेन
करन सहित ६ खेलाडी रिटेन
नेपालले अष्ट्रेलियामा टी ट्वान्टी सिरिज खेल्ने
नेपालले अष्ट्रेलियामा टी ट्वान्टी सिरिज खेल्ने
न्युजिल्यान्डको टोलीमा एडम
न्युजिल्यान्डको टोलीमा एडम
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
६३ कराते खेलाडी श्रीलंका प्रस्थान
६३ कराते खेलाडी श्रीलंका प्रस्थान
राजोपाध्यायलाई खेलकुद पत्रकारिता सम्मान
राजोपाध्यायलाई खेलकुद पत्रकारिता सम्मान
एन्फा यु-१६ लिगको उद्घाटन खेलमा श्री भगवती र मनाङ भिड्ने
एन्फा यु-१६ लिगको उद्घाटन खेलमा श्री भगवती र मनाङ भिड्ने
कप्तान किरण ब्रान्ड एम्बेसडर
कप्तान किरण ब्रान्ड एम्बेसडर
भूपेन्द्र र सुदेनलाई बेलायतमा पदक
भूपेन्द्र र सुदेनलाई बेलायतमा पदक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP