एजेन्सी । युरोकप फुटबल छनोटमा पोल्याण्डको जितमा रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक गरेका छन् ।
बिहिबार राति भएको खेलमा पोल्याण्डले लात्भियालाई ३–० ले हराएको हो ।
पहिलो हाफको नवौ र १३ औ मिनेटमा दुई गोल गरेका लेवान्डोस्कीले ७६ औ मिनेटमा ह्याट्रिक पुरा गरेका थिए ।
लेवान्डोस्कीले जारी सिजनमा आफ्नो गोल संख्या १८ पु¥याएका छन् ।
बार्यन म्युनिखका स्टार लेवान्डोस्कीले यस सिजन क्लब र देशकालागि जम्मा १४ खेलमा १८ गोल गरेका हुन् ।

समुह जीको शीर्ष स्थानमा रहेको पोल्याण्डले ७ खेलबाट १६ अंक जोडेको छ ।
उसले दोस्रो स्थानको अष्ट्रियासंग ३ अंकको अग्रता लिएको छ ।