एजेन्सी । युरो कप छनोटमा नेदरल्याण्डसंग नर्दन आयरल्याण्ड पराजित भएको छ ।
बिहिबार भएको खेलमा आयरल्याण्ड टोलीले नेदरल्याण्डसंग ३–१ को हार ब्यहोरेको हो ।
पराजयसंगै युरो कपमा छनोट हुने नर्दन आयरल्याण्डको सम्भावना जटिल बनेको छ ।
नर्दन आयरल्याण्डले ७५ औ मिनेटमा जोस मगिनिसको गोलबाट खेलमा अग्रता बनाएको थियो ।
मेम्फिस डीपेले ८० औ मिनेटमा घरेलु टोलीलाई बराबरीमा ल्याएका थिए ।
डी जोङले दोस्रो हाफको ईन्जुरी समयमा डच टोलीलाई अग्रता दिलाए ।

त्यसको दुई मिनेटपछि डीपेले ब्यक्तिगत दोस्रो गोल गर्दै नेदरल्याण्डको जित सुनिश्चित गरेका थिए ।
जितपछि नेदरल्याण्ड ५ खेलबाट १२ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लियो ।
जर्मनी समेत समान १२ अंक सहित दोस्रो स्थानमा छ । एक खेल बढी खेलेको नर्दन आयरल्याण्ड १२ अंक सहित तेस्रो स्थानमा रह्यो ।