काठमाडौं । विश्वकप छनोट अन्तर्गत नेपालले अहिले अष्ट्रेलियासँग प्रतिस्पर्धा गरिरहेको छ ।
अष्ट्रेलियाको क्यानबेरामा जारी खेलमा नेपाल २-० ले पछाडी परेको छ । खेलको १८ औं मिनेटमा जेमी म्याक्लारेनले गोल गर्दै अष्ट्रेलियालाई २-० को अग्रता दिलाएका हुन् ।
यस अघि खेलको छैटौं मिनेटमा म्याक्लारेनले पहिलो गोल गरेका थिए ।