काठमाडौं । भुटानमा जारी तेस्रो संस्करणको महिला साफ यू–१५ च्याम्पियनसिप फुटबलमा नेपालले भारतसंग प्रतिस्पर्धा गरिरहेको छ ।
भुटानको चाम्लिङथाङ रंगशालामा पहिलो हाफको खेल सकिदाँ नेपाल २–० ले पछाडी परेको छ ।
भारतका लागि सुमती कुमारी र लिन्डा कोम सेड्रोले एक एक गोल गरेका छन् ।
खेलको सातौ मिनेटमा सुमतीले गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिईन् ।
३८ औ मिनेटमा लिन्डाले गोल गर्दै भारतलाई पहिलो हाफमा २–० ले अघि बढाईन् ।
नेपालले भारतसंग खेल्दै प्रतियोगिताको सुरुवात गरेकाे हो ।
नेपाल पहिलो पटक उपाधि जित्ने लक्ष्य सहित भुटान गएको हो ।
यसअघिको संस्करण बंगलादेश र भारतले जितेका थिए ।
प्रतियोगिता नेपाल सहित भारत, बंगलादेश र भुटान समावेश छन् ।
राउण्ड रोविन लिगका आधारमा शीर्ष दुई टिमले फाईनल खेल्नेछन् ।