काठमाडौं । तेस्रो संस्करणको साफ यू–१५ महिला च्याम्पियनसिपमा नेपालले पहिलो खेलमा भारतसंग प्रतिस्पर्धा गर्दैछ ।
मुख्य प्रशिक्षक राकेश श्रेष्ठले भारतविरुद्व खेल्ने नेपालको प्लेईङ सेट सार्वजनिक गरेका छन् ।
उनले प्रीति आलेको नेतृत्वमा नेपाली खेलाडीको नाम सार्वजनिक गरेका हुन् ।
भुटानको चाम्लिङथाङ रंगशालामा खेल नेपाली समय अनुसार पाैने ३ बजे सुरु हुनेछ ।
नेपाली टिममा आले सहित प्रतिक्षा चौधरी, मनमाया धामी, अमिशा कार्की, अनु राई, सुष्मा घर्तिमगर, निकिता थोकर, सबिना चौधरी, पुष्पा गुरुङ, सावित्री किसन, मन्दीरा राई रहेका छन् ।
नेपालले भारतसंग खेल्दै प्रतियोगिताको सुरुवात गर्न लागेको हो ।
नेपाल पहिलो पटक उपाधि जित्ने लक्ष्य सहित भुटान गएको हो ।
यसअघिको संस्करण बंगलादेश र भारतले जितेका थिए ।
प्रतियोगिता नेपाल सहित भारत, बंगलादेश र भुटान समावेश छन् ।
राउण्ड रोविन लिगका आधारमा शीर्ष दुई टिमले फाईनल खेल्नेछन् ।