एजेन्सी । यस सिजरको ट्रान्फर विन्डोजमा निकैनै चर्चामा रहेका ब्राजिलियन स्टार खेलाडी नेयमार अनुबन्धका लागि स्पेनिस महारथी क्लबद्वय बार्सिलोना र रियल मड्रिड एक पटक फेरी दौडमा देखिएका थिए ।
तर, विश्वकै सर्वाधिक महंगा खेलाडी नेयरमालाई लिग वान क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) बाट अनुबन्ध गर्न दुबै क्लब विफल रहे ।
क्याम्प नाउमा नेयमार भित्र्याउन क्लबलाई दबाब दिइरहेका कप्तान लियोनल मेस्सीलाई रियलको कडा दौड देखेर आफु डराएको बताएका छन् ।
अनुबन्ध दौडमा मेस्सीले नेयमार रियल नजिक पुगेको महसुस गरेको खुलाएका छन् ।

‘मलाई साच्चै नै नेयमार रियलमा अनुबन्धित हुन्छन् भन्ने लागेको थियो । तर, उनी रियल आएनन् ।’ मेस्सीले एक स्पेनिस रेडियोसँग अन्तर्वातामा भनेका छन् ।
‘नेयरमा पेरिस छोड्न चाहन्थे । जुन त्यतीबेलाको माहोलले देखाएको थियो ।’ मेस्सीले भने, ‘नेयमार अनुबन्धका लागि फ्लोरेन्टिनो पेरेज र रियल निकै अगाढी देखिन्थे ।’
बार्सिलोनाले आफ्ना पूर्व स्टार नेयमारको सम्भावित कदमको समय एन्टोनी ग्रिजमनलाई अनुबन्धित गर्नु चिन्ताजनक रहेको रिपोर्टमा उल्लेख गरिएको छ ।
सोही कारण मेस्सीको सम्बन्ध फ्रान्सेली स्टारसँग तनावपूर्ण रहेको रिपोर्टमा उल्लेख छ ।
बार्सिलोना पूनः एक पटक नेयमार अनुबन्धका लागि कदम उठाउने मेस्सीले बताएका छन् । यता नेयमार पनि लिग वान च्याम्पियन पीएसजी छोड्न आतुर रहेका छन् ।
उनले पुनः बार्सिलोना फर्कने बिषयमा सार्वजनीक रुपमै स्पष्ट पारिसकेका छन् ।