एजेन्सी । स्विडेनको माल्मोमा ज्लाटन इब्राहिमोविचको प्रतिमा (मुर्ति) निर्माण गरेको छ ।
इब्राहिमोविचको घरेलु सहरमा निर्माण गरिएको मुर्ति मंगलबार सार्वजनिक गरिएको छ । ९ फिट अग्लो मुर्ति ११०० पाउन्ट पित्तलबाट निर्माण गरिएको छ ।
स्विडेनका महान खेलाडी इब्राहिमोविचको सम्मानमा उनको मुर्ति निर्माण गरिएको हो । ३८ वर्षीय इब्राहिमोविचले माल्मो एफसीबाट फुटबल करियर सुरु गरेका थिए ।
एलए ग्यालेक्सीबाट अमेरिकन मेजर लिग सकर खेलिरहेका इब्राहिमोविचले स्विडेनबाट ११६ खेल खेलेका छन् । जसमा उनले ६२ गोल गरेका छन् ।

इटालियन क्लब इन्टर मिलान, एसी मिलान, युभेन्ट्स, स्पेनिस क्लब बार्सिलोना, इन्ग्लिश क्लब म्यानचेस्टर युनाइटेडबाट खेलेका उनले विभिन्न १३ लिग उपाधि जितेका छन् ।
यस सिजन ग्यालेक्सीबाट उनले ५६ खेलमा ५२ गोल गरेका छन् ।