एजेन्सी । युरोपियन फुटबलको सर्वोच्च निकाय युईएफएले स्कटिस क्लब सेल्टिकलाई कारबाही गरेको छ ।
युरोपा लिग अन्तर्गत क्लुजविरुद्धको खेलमा समर्थकले आतिशबाजी गरेपछि सेल्टिकलाई कारबाही गरिएको हो ।
युरोपा लिगको समूह चरण अन्तर्गत बिहिबार राति घरेलु मैदानमा सेल्टिकका समर्थकले आतिशबाजी गरेका थिए । उक्त खेलमा सेल्टिकले २-० को जित निकालेको थियो ।
कारबाहीस्वरूप युईएफएले सेल्टिकलाई ११ हजार पाउण्ड डलर जरिवाना गरेको छ ।