एजेन्सी। इटालियन क्लब एसी मिलानले मुख्य प्रशिक्षक मार्को जियामपोलोलाई बर्खास्त गरेको छ ।
यस सिजन क्लबले खराब प्रदर्शन गरिरहेपछि क्लबले प्रशिक्षक मार्कोलाई बर्खास्त गरेको हो । मिलानले यस सिजनको ७ खेल सकिदा प्रशिक्षक मार्कोलाई हटाएको हो ।
५२ वर्षे मार्कोको नेतृत्वमा मिलानले यस सिजन ७ खेलमा ४ हार व्यहोरेको छ । मिलान लिगको रेलिगेसन जोन भन्दा ३ अंकले माथि रहेको छ ।
अब मिलानले मुख्य प्रशिक्षकमा फियोरेन्टिना तथा इन्टर मिलानका पूर्व प्रशिक्षक स्टेफानो पिओलीलाई ल्याउने सम्भावना रहेको बताईएको छ ।