एजेन्सी । जर्मनीका पूर्व खेलाडी बास्टियन स्वान्सटाइगरले फुटबलबाट सन्यास घोषणा गरेका छन् ।
विश्वकप विजेता मिडफिल्डर स्वान्सटाइगरले ३५ वर्षको उमेरमा फुटबल बुट थन्काएका छन् । अहिले अमेरिकन मेजर लिग सकरमा व्यस्त स्वान्सटाइगरले लिग सकिन दुई दिन अघि सन्यास घोषणा गरेका हुन् ।
लिगमा स्वान्सटाइगरले टिम सिकागो फायर १७ औं स्थानमा रह्यो ।
'यो समय आएको छ । मेरा समर्थक, तपाईहरुले यो अविस्मरणीय समय बनाई दिनुभयो,' स्वान्सटाइगरले भनेका छन् ।
स्वान्सटाइगरले सन् २०१४ को विश्वकप जितेका थिए । जर्मनीबाट उनले १२१ खेल खेलेका थिए ।
त्यसबाहेक स्वान्सटाइगरले वायर्न म्युनिखबाट ८ पटक बुन्डेस लिगा र च्याम्पियन्स लिग जितेका थिए । वायर्नबाट उनले ५०० खेल खेलेका थिए ।
उनले इन्ग्लिश क्लब म्यानचेस्टर युनाइटेडबाट समेत खेलेका थिए ।