• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
क्यानबेरा पुग्यो राष्ट्रिय फुटबल टोली
खेलपाटी संवाददाता
मंगलबार, असोज २१, २०७६ खेलपाटी संवाददाता
क्यानबेरा पुग्यो राष्ट्रिय फुटबल टोली
क्यानबेरा पुगेकाे नेपाली टिमका सदस्य । फाेटाे : एनएसजेएफ

काठमाडौं । विश्वकप फुटबलको छनोट खेल खेल्न नेपाली राष्ट्रिय फुटबल टोली आज (मंगलबार) अस्ट्रेलियाको राजधानी शहर क्यानबेरा पुगेको छ ।

सिड्नीमा करिब एक साता लामो अभ्यासपछि राष्ट्रिय फुटबल टोली मंगलबार दिउँसो सडक मार्ग हुँदै करिब चार घन्टाको यात्रा गरी क्यानबेरा पुगेको हो ।

नेपाली टोलीले बिहीबार (असोज २३ गते) आफुभन्दा निकै बलियो प्रतिद्वन्द्वी अस्ट्रेलियासँग उसैको घरेलु मैदानमा विश्वकपको छनोट खेल खेल्दै छ ।

असोज १६ गते नै अस्ट्रेलिया आइपुगेको राष्ट्रिय टोलीले सिड्नीस्थित ‘सिड्नी एकेडेमी अफ स्पोर्ट एन्ड रिक्रिएसन’ मा ६ दिन अभ्यास गरेको थियो ।

राष्ट्रिय टोलीलाई सिड्नीमा अभ्यासका लागि सम्पूर्ण ब्यवस्था ‘अस्ट्रेलिया—नेपाल फुटबल संघ’ र एनआरएन अस्ट्रेलियाले मिलाएको थियो ।

सिड्नीबाट क्यानबेरा प्रस्थान गर्नुअघि नेपाली टोलीका सदस्यले ‘सिड्नी एकेडेमी अफ स्पोर्ट एन्ड रिक्रिएसन’ मै बडा दशैंको टिका थापेका थिए । टोलीका खेलाडी र अन्य सदस्यलाई टोली ब्यवस्थापक मधुसुदन उपाध्ययले टिका लगाइदिएका थिए ।

क्यानबेरामा राष्ट्रिय टोलीलाई नेपाली राजदुतावासका पदाधिकारी र एनआरएन अस्ट्रेलियाका पदाधिकारीले स्वागत गरेका थिए ।

नेपाली टोलीको स्वागतका लागि अस्ट्रेलियास्थित नेपाली राजदुतावासकी कार्यवाहक राजदुत द्रुपदा सापकोटा पनि होटल पुगेकी थिइन् ।

सिड्नीको तुलनामा निकै चिसो मौसम रहेको क्यानबेरामा नेपाली खेलाडीले मंगलबार पनि नियमित अभ्यास गरेका छन् ।

राष्ट्रिय टोलीले अभ्यास गरिरहँदा क्यानबेरामा हल्का वर्षा पनि भएको थियो । वर्षाका बीच नै चिसो मौसममा खेलाडीले करिब दुई घन्टा अभ्यास गरे ।

नेपाली टोलीका प्रशिक्षक योहान कालिनले टोलीको तयारी उत्कृष्ट रहेको बताए ।

उनले अस्ट्रेलिया बलियो टोली भए पनि आफ्ना खेलाडीको तयारी र मनोबल उच्च रहेको प्रतिक्रिया दिए ।

यसैगरी नेपाली टोलीका कप्तान किरन चेम्जोङले पनि अस्ट्रेलियाविरुद्घको खेलका लागि आफुहरुले गतिलो तयारी गरेको बताए ।

उनले करिब एक साता अगाडि अस्ट्रेलिया आएर तयार गर्न पाउँदा खेलाडीको मनोबल पनि उच्च भएको धारणा ब्यक्त गरे ।

यसैबीच, बिहीबार हुने खेलका लागि रंगशालामा नेपाली समर्थकलाई छुट्याइएको सम्पूर्ण टिकट बिक्री भइसकेको बताइएको छ ।

स्थानीय आयोजकका अनुशार नेपाल र अस्ट्रेलियाबीचको खेल हेर्न करिब १६ हजार दर्शक उपस्थित हुने अनुमान गरिएको छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सिकेर फर्किने कि जितेर?
सिकेर फर्किने कि जितेर?
जित्नैपर्ने खेलमा नेपालको चुनौती उज्बेकिस्तानलाई
जित्नैपर्ने खेलमा नेपालको चुनौती उज्बेकिस्तानलाई
आर्मीको विजयी सुरुआत
आर्मीको विजयी सुरुआत
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
स्पेन र इटाली विजयी
स्पेन र इटाली विजयी
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
सिकेर फर्किने कि जितेर?
सिकेर फर्किने कि जितेर?
जित्नैपर्ने खेलमा नेपालको चुनौती उज्बेकिस्तानलाई
जित्नैपर्ने खेलमा नेपालको चुनौती उज्बेकिस्तानलाई
आर्मीको विजयी सुरुआत
आर्मीको विजयी सुरुआत
भारतको बंगलादेश भ्रमण अनिश्चित
भारतको बंगलादेश भ्रमण अनिश्चित
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP