एजेन्सी । इन्ग्लिश क्लब टोटेनहमका कप्तान तथा गोलकिपर ह्युगो लोरिसले एक वर्ष मैदान बाहिर रहने भएका छन् ।
प्रिमियर लिग अन्तर्गत शनिबार ब्राइटनविरुद्धको खेलमा चोट बोकेका लोरिस यस सिजन खेल्न नसक्ने भएका छन् । टोटेनहमले लोरिस सन् २०१९ मा मैदान फर्कन सम्भावना कम रहेको बताएको छ ।
ब्राइटनविरुद्ध ३-० को हार व्यहोरेको खेलमा लोरिसले देब्रे हातको कुमको चोट बोकेका थिए । बल रोक्ने क्रममा ल्यान्डिङ नमिल्दा उनको देब्रे हात फ्याक्चर भएको थियो । जसको कारण लोरिसलाई अक्सिजन लगाएर तत्काल अस्पताल लगिएको थियो ।
तर, उनको चोटको शल्यक्रिया भने गर्नु नपर्ने क्लबले जनाएको छ । यस सिजन लोरिसले आराम र चोट मुक्त हुन उपचार गर्नेछन् ।
