एजेन्सी । लिभरपुलका स्टार भर्जिल भान डिजिकले प्रिमियर लिगको फराकिलो अग्रतालाई आफुहरुले खासै ध्यान नदिएको बताएका छन् ।
उनले म्यानचेष्टर सिटीविरुद्व प्राप्त ८ अंकको अग्रताले कुनै फरक नपार्ने दाबी गरेका छन् ।
उनले उपाधि होडमा जे सुकै अवस्था सिर्जना हुन सक्ने बताएका छन् ।
गत शनिबार भएको खेलमा लेस्टरलाई पराजित गर्दै लिभरपुलले तालिकमा अंक दुरी बढाउने मौका पाएको थियो । सोही समय म्यानचेष्टर सिटी घरेलु मैदानमा उल्भ्ससंग पराजित भएको थियो ।
योर्गेन क्लोप नेतृत्वको लिभरपुलले जारी सिजनमा अंक गुमाउन परेको छैन । उसले प्रिमियर लिगका पछिल्ला १७ खेलमा जित आत्मसाथ गरेको छ ।
उसले अन्तराष्ट्रिय बिश्राम अगाडी लगातार १८ खेलमा जित हासिल गर्ने म्यानचेष्टर सिटीको कीर्तिमान समेत बराबरी गर्न सक्नेछ । लिभरपुलले ओल्ड ट्राफोर्डमा म्यान्चेष्टर युनाईटेडसंग खेल्दैछ ।
लिभरपुलले सन् १९९० पछि पहिलो पटक प्रिमियर लिगको उपाधिको सम्भावनालाई बलियो बनाएको छ ।
तर डिजिकले शीर्ष स्थानलाई लामो समय कायम राख्न अझै धेरै चिज गर्न बाँकी रहेको उल्लेख गरेका छन् ।
'अहिलेसम्म हामीलाई अंक मिलिरहेको छ ।' उनले भनेका छन् ।
'खेलमा सुधार गर्नका लागि धेरै खाली ठाँउ छ । हामी सधै अगाडीको खेलमा मात्र केन्द्रित हुँदै आएका छौ । हामीले कुनै अंक दुरीको ख्याल गरेका छैनौ ।' डिजिकले थपेका छन् ।
'आउँदो डिसेम्बर र जनवरीमा अझै व्यस्त तालिका बाँकीनै छ । र अझै जेपनि हुन सक्छ ।' उनल भने ।
डिजिकले घरेलु मैदानमा सिटीले उल्भ्सलाई नतिजा सुम्पिदाँ आफुलाई आश्चार्य लागेको समेत बताएका छन् ।
प्रिमियर लिगमा पेप ग्वार्डिओलाको नेतृत्वमा सिटीले घरेलु मैदानमा खेलिएका ६१ खेलमा मात्र चार खेल गुमाएको छ ।
'मैले त्यो नतिजाको अपेक्षा गरेको थिएन ।' डिजिकले थपे ।
लगत्तै डिजिक युरो छनोट अन्तर्गत नर्दन आयरल्याण्ड र बेलारुसविरुद्वको खेलका लागि डच टिममा निस्कनेछन् ।