एजेन्सी । बार्सिलोनाका स्टार उसमान डेम्बेलेले रियल मड्रिडविरुद्वको एल क्लासिको गुमाउन सक्ने भएका छन् ।
स्पेनिस लिगमा सेभिल्लाविरुद्व रातो कार्ड खादै मैदान छाड्ने क्रममा उनले रेफ्रीविरुद्व खराब टिप्पणी गरेका थिए ।
सोही कारण उनलाई ला लिगामा दुई खेलको निलम्बन हुन सक्ने बताईएको छ ।
मैदान छाड्ने क्रममा डेम्बेलेले रेफ्रीलाई निकै खराब रहेको बताएका थिए ।
रेफ्रीले घटनाको पुष्टि गर्दै सो कुरा उल्लेख गरेका छन् ।
स्पेनिस लिगको पछिल्लो खेलमा बार्सिलोनाले सेभिल्लालाई ४–० ले हराएको थियो । तर बार्सिलोनाको जितलाई दुई रातो कार्डले छाँयामा पारिदिएको थियो ।
रोनाल्ड अरुजो र डेम्बेलेले खेलको अन्तिममा रातो कार्ड खादै मैदान बाहिरिएपछि बार्सिलोनाले ९ खेलाडीमा सिमित रहदै खेलको अन्त्य गरेको थियो ।
रातो कार्डले सामान्यतया एक खेलको प्रतिबन्ध लाग्ने गर्छ ।
बार्सिलोनाले अन्तराष्ट्रिय बिश्राम लगत्तै ईबर र रियल मड्रिडसंग घरेलु मैदानमा खेल्नेछ ।
सेभिल्लाविरुद्व डेम्बेलेले गोल समेत गरेका थिए । उनले बार्सिलोनाका लागि तेस्रो गोल गरेका थिए ।
लुईस स्वारेज, आर्तुरो भिडाल र लियोनल मेस्सीले घरेलु मैदानमा बार्सिलोनाका लागि गोल गरेका थिए ।
जसले गर्दा बार्सिलोना शीर्ष स्थानको रियल मड्रिड भन्दा दुई अंकले मात्र पछाडी छ ।