एजेन्सी । एभर्टनका मिडफिल्डर फेबियन डेल्फ ईङ्ल्याण्डको राष्ट्रिय फुटबल टिमबाट बाहिरिएका छन् ।
पछिल्लो खेलमा चोट बोकेका डेल्फले युरो छनोट अन्तर्गत चेक रिपब्लिक र बुल्गेरियाविरुद्वको खेल गुमाउने भएका हुन् ।
चोटका कारण ईङ्ल्याण्डको टिमबाट उनी बाहिरिएका हुन् ।
प्रिमियर लिगको पछिल्लो खेलमा वर्नलीसंग १–० ले हारेको खेलमा एभर्टनका मिडफिल्डरले चोट बोकेका थिए ।
ईङ्ल्याण्डको फुटबल एसोसियसनले तत्काल खेलाडी परिर्वतनको कुनै योजना नरहेको बताएको छ ।

प्रशिक्षक ग्यारेथ साउथगेटले २४ सदस्यीय टिमको प्रशिक्षणलाई निरन्तरता दिएका छन् ।
बिहिबार टिमको घोषणा हुदाँ टोटेनहमका मिडफिल्डर डेन अली र म्यान्चेष्टर युनाईटेडका जेसे लेङगार्ड जस्ता स्टार खेलाडी छनोटमा परेका थिएनन् ।
समुह एको शीर्ष स्थानमा रहेको ईङल्याण्डले खेलिएका चारै खेलमा जित निकालेको छ ।
ईङ्ल्याण्डले अवे खेलमा शुक्रबार चेक रिपब्लिक र तीन दिनपछि बुल्गेरियासंग खेल्नेछ ।