एजेन्सी । लस एन्जल्स एफसीका स्ट्राइकर कार्लोस भेलाले अमेरिकी मेजर लिग सकर (एमएलएस) मा एकै सिजन सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् ।
एमएलएस लिग अन्तर्गत कोलोराडो रापिड्सविरुद्ध ह्याट्रिक गरेका मेक्सिकन फरवार्ड भेलाले जोसेफ मार्टिनेजको कीर्तिमान भङ गरेका हुन् ।
आर्सनलका पूर्व स्ट्राइकर समेत रहेका भेलाले यस सिजन ३४ गोल गर्दै मार्टिनेजले बनाएको ३१ गोलको कीर्तिमान तोडेका हुन् ।
मार्टिनेजले गत सिजन ३१ गोल गरेर एकै सिजन सर्वाधिक गोलको कीर्तिमान बनाएका थिए ।