काठमाडौं । भुटानमा हुने तेस्रो संस्करणको महिला साफ यू–१५ च्याम्पियनसिप खेल्न नेपाली यू-१५ टिम आज (सोमबार) त्यसतर्फ प्रस्थान गर्ने भएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टिम सोमबार भुटान जाने जानकारी गराएको छ । भुटान जाने ३१ सदस्यीय नेपाली टिमलाई एन्फाले शुक्रबार नै विदाई गरेको थियो ।
नेपालले भारतसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपालले भारतसँग बुधबार खेल्नेछ ।
यस्तै नेपालले असोज २४ गते बंगलादेश, असोज २६ गते आयोजक भुटानसँग खेल्नेछ ।
लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि खेल्ने छन् । गत संस्करणमा नेपाल चौंथो भएको थियो ।