एजेन्सी । गोन्जालो हिग्विनको गोलमा युभेन्ट्सले सिरि ए फुटबलमा महत्वपुर्ण जित आत्मसाथ गरेको छ ।
आईतबार भएको खेलमा युभेन्ट्सले शीर्ष स्थानको ईन्टर मिलानलाई २–१ गोल अन्तरले हराएको हो ।
महत्वपुर्ण खेलमा बाजी मार्दै युभेन्ट्सले तालिकाको शीर्ष स्थानमा उक्लिन सफल भएको छ ।
शीर्ष स्थानको युभेन्ट्सले ७ खेलबाट १९ अंक जोड्यो । ईन्टर १८ अंक सहित दोस्रो स्थानमा झर्यो ।
पाउलो ड्याबालाले चौथो मिनेटमा पाहुना टोली युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाएका थिए ।

लौटारो मार्टिनेजले १८ औ मिनेटमा पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काएका थिए ।

डिबक्स भित्र म्याथिज डी लिग्टको हातमा बलले छोएपछि ईन्टरले पेनाल्टीको अवसर पाएको थियो ।
८० औ मिनेटमा वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका हिग्विनले गोल गर्दै युभेन्ट्सलाई महत्वपुर्ण खेलमा जित दिलाउन सफल रहे ।

युभेन्ट्स सिरि एमा अपराजित छ । उसले खेलिएका ७ खेलमा ६ मा जित र १ मा बराबरीको नतिजा आत्मसाथ गरेको छ ।
ईन्टरले युभेन्ट्ससंग सिजनको पहिलो हार ब्यहोरेको छ ।