एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ ।
आइतबार भएको खेलमा युनाइटेड न्युकासल युनाइटेडसँग १-० ले पराजित भएको हो ।
न्युकासललाई जित दिलाउन म्याथु लङस्टाफले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७२ औं मिनेटमा लङस्टाफले गोल गरेका थिए ।
यो युनाइटेडको तेस्रो हार हो । हारसँगै युनाइटेडले ८ खेलमा ९ अंक जोडेको छ । युनाइटेड १२ औं स्थानमा छ ।
न्युकासलको यो दोस्रो जित हो । ८ अंक जोडेको न्युकासल १६ औं स्थानमा छ ।


